गायिका आस्थालाई ‘सोधपुछ’ गर्नुपर्ने देखिएको प्रहरीको भनाई

  • प्रकाशित मितिः माघ, 4, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / आफूलाई प्रहरीले ‘तँ’ भनेर दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले बिहीबार (२ माघ) सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) प्रकाशमा ल्याइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ ।

दश मिनेट ३१ सेकेन्डको भिडियोमा गायिका आस्थाले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । यसरी आस्थाको भिडियो भाइरल बनिरहेकै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसी टिभी फुटेज नै सार्वजनिक भयो । उक्त ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रतिक्रिया दिएका छन् । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै घटनाको अनुसन्धान भइरहेको डिआइजी पोखरेललाई उद्धृत गर्दै राससले जनाएको छ ।

यस विषयमा घटनासम्बन्धित महिला प्रहरीद्वारा महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराइएको पनि बुझिएको छ । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपऱ्यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको भनाई छ । राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर एसएसपी बज्राचार्यको भनाई छ ।

घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved