ओली र मोदीले ‘भिडियो कन्फरेन्स’ मार्फत आईसीपीको उद्घाटन गर्ने

  • प्रकाशित मितिः माघ, 4, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्रीद्वय ओली र मोदीले ७ माघमा संयुक्त रूपमा उक्त आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स)मार्फत उद्घाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओली सिंहदरबारबाट र मोदी दिल्लीबाट भिडियो कन्फरेन्समा जोडिने तयारी भएको छ ।

उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यसको पुष्टि गरेका छन् ।

यसअघि नै ती घर हस्तान्तरण गर्ने तयारी गरिएको थियो । तर, सम्भव हुन सकेका थिएन । यसपटक ७ माघमा भारतको सहयोगमा बनेका निजी आवास हस्तान्तरण हुन लागेको हो । भारतीय सहयोगमा गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन् । भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved