विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्रको निधन

  • प्रकाशित मितिः माघ, 4, 2076
  • पहिलो किताब संवाददाता

कास्की / होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका बागलुङ धुल्लुबाँस्कोटका खगेन्द्र थापा मगरको हिजो निधन भएको छ । श्वास प्रश्वासमा समस्या आएपछि पोखराको मणिपाल अस्पतालमा बिहीबार भर्ना गरिएका खगेन्द्रको हिजो दिउँसो निधन भएको चिकित्सकले जनाएका छन् ।

मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएका थापा मगरलाई दिउँसो करीब ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए ।

खगेन्द्रले विश्व कीर्तिमानी राखेको आठ महिना मात्रै रहेको थियो । उनको रेकर्ड जुनरी वालाविङले तोडेका थिए । जुनरी कीर्तिमानीलाई पनि नेपालका चन्द्रबहादुर डाँगीले तोडेका थिए । उनको पनि निधन भएपछि होचा व्यक्तिको नाममा जुनरी वालाविङको नाम रहेको छ । रासस



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved