चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको डबल डेकर बस दुर्घटनामा कम्तिमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १४ पुरुष ४ महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ । थप एक पुरुषको भने अस्पतालले ढिलो गरी मृत्यु भएको घोषणा गरेको च्यानल न्युज एसियाले उल्लेख गरेको छ ।
घटनामा ६३ पुरुष र ३ महिला घाइते भएको जनाइएको छ । उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घटनाको अनुसन्धान शुरु गरिएको छ ।
घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल पुगेका थिए । मृत्यु भएका र घाइते भएका अधिकांश बसको अपरडेकमा यात्रा गर्नेहरू रहेको हङकङ फायर डिपार्टमेन्टका चेन हिङ युले संवाददातालाई बताएका छन ।
काठमाडौँ/ १० दिनअघि सुरु भएको दक्षिण एसियाली खे... ... ...
काठमाण्डौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प... ... ...
काठमाडौं/ नेपालले १३औं एसियाली खेलकुद (साग) अन्तर्... ... ...
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोग... ... ...
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्त... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved