प्रधानमन्त्री ओलीको वेबसाइटमा ‘पोर्न’ भिडियो ! कसले राख्यो ?

  • प्रकाशित मितिः फाल्गुन, 4, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन।

केपीशर्माओली डटकम (Kpsharmaoli.com )मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीब्र बनाएको छ। सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ। सरकारले दुई वर्ष अघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो।

प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौँ पोर्न भिडियो अपलोड भएको छ। आईटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ।

यो मात्र समाधान भने होइन। यो डोमने प्रधानमन्त्रीका नाममा भएकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ। नेपालमा नदेखिने बनाउनेभन्दा पनि सरकारले यो डोमेनप्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटी विज्ञको सुझाब छ।

प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन्।  ‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ। यस विषयमा प्रहरीसँग समन्वय गरेका छौँ,’ उनी भन्छन्, ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौँ, तर डटकम भएकाले सम्भव छैन।’ उनका अनुसार यो साइट नेपालमा बन्द गर्ने तयारी छ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved