विपीमा बेथिति

  • प्रकाशित मितिः आश्विन, 6, 2077
  • पहिलो किताब संवाददाता

इटहरी/ पुर्वको गहना मानिएको तर भ्रष्टाचार अनि बेथितिको दलदलमा थलिएको धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना महामारीको समयमा थप भ्रष्टाचार मौलाएको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ ।

यसअघिका प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियार भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्वाहीमा पदमुक्त भएपछि नयाँ आएका उपकुलपति डा ज्ञानेन्द्र गिरीको पदवहालीको केहि सयम लगत्तै फेरि वर्षौ देखि प्रतिष्ठानमा एक छत्र राज गर्दै आएका व्यवासायिक समुह आफ्नो कमाउने धन्धा मौलाउन सफल भएको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ ।

उपकुलपति गिरीका सहयोगिका रुपमा देखिएका दिलिप भट्टराईले पछिल्लो समयमा कोरोना महामारी सँगै व्यवसायीसँग मिलेर निति नियम विपरीत खरिद प्रकृयमा संलग्न हुन थालेको स्रोतको भनाई छ । उनले विगतमा काम गर्दै आएका केहि सप्लायर्स सँग मिलेर नेकपा नेता एवं वर्तमान स्वास्थ्य मन्त्रि भानुभक्त ढकालको सचिवालय समेत मिलाउने नाममा प्रतिष्ठान भित्रको खरिद समिति समेत मिचेर काम गरीरहेको प्रतिष्ठान स्रोतको दावी छ ।

प्रतिष्ठान भित्रको कारोवार मिलाउने खेलले कोरोनाको जोखिम
केहि दिन अघि विपी जयन्तीका अवशरमा प्रतिष्ठानमा आयोजित कार्यक्रमपछि विपीमा काम गर्ने सप्लायर्सका सञ्चालक जो वर्षौ देखि एकलौटी काम मिलेमतोमा गर्दै आएका थिए, उनीहरु अनि प्रतिष्ठानका उपकुलपतिसहित बसेका निकट कर्मचारीको भेलामा सहभागि सवैमा कोरोना संक्रमण देखिएपछि कोरोना प्रकोपको सम्भावना वढेर गएको हो ।

पछिल्लो समयमा प्रतिष्ठानले स्थापना गरेको कोरोना अस्पतालमा भएको भ्रष्टाचारको विषयमा सतहमा आए भन्दा बेसी भ्रष्टाचार भएको विपीकै अधिकारीहरुको दावी छ । अस्पतालका लागि आवश्यक सामान खरिदमा सार्वजनिक खरिद ऐन एवं प्रतिष्ठानको खरिद समितिलाई समेत वाईपास गरी उपकुलपति डा.गिरीका सहयोगी दिलीप भट्टराईले काम गर्न थालेपछि कोरोना अस्पताल प्रमुखले समेत राजिनामा केहि दिन अघि दिएकी थिईन् ।

मुलुक कोरोनामा ग्रस्त विपीका अधिकारी कमाउ धन्धामा मस्त
सिंगो मुलुक कोरोनामा ग्रस्त भएको मौका छोपेर विपीमा वर्षौ देखि मिलेमतोमा एकछत्र कारोवार गरी अकुत सम्पती कुम्ल्याउन सफल व्यवसायीक समूह भने यहि मौकामा आफ्ना पुराना सहयोगिलाई खरिद समिति अनि स्टोर शाखामा लगेर पुरानो खेल व्युत्याउन लागेको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ ।

विपी जयन्ती पछि आन्तरिक खेल मिलाउन लागेका व्यापारीले भ्रष्टाचार अनि व्यवसायीको मिलेमतोको आरोप लागेर केहि समय अघि विभाग परिवर्तन गरीएका पुराना मान्छे ल्याउन लागि परेको प्रतिष्ठान स्रोतको भनाई छ । लामो सयम खरिद शाखामा बसेका तर पछिल्लो समयमा विभागिय सरुवामा परेका सागर ताम्राकार अनि एकेडेमीमा रहेका अशोक साहलाई खरिद शाखामा ल्याउन केहि व्यवासायी अनि उपकुलपति गिरीका सहयोगि भट्टराई लागि परेको प्रतिष्ठान स्रोतले जानकारी गराएको छ ।

गिरीका सल्लाहकारसमेत रहेका भट्टराईले भने आँफुले प्रतिष्ठानको हित बिपरित कुनै काम नगरेको दावी गरेका छन्। उनले आँफुलाई प्रधानमन्त्री केपि शर्मा ओलीले छोरो भन्ने गरेको बताउँदै टेलिफोन सम्पर्कमा भने–हामीलाई फसाउन भ्रष्टाचार गर्न पल्केकाले लगाएको मिथ्या आरोप मात्र रहेको बताएका छन्।

भट्टराईले आँफु र उपकुलपति डा.गिरी बिरुद्व एउटा समुह लागेको दावी गर्दै उनले प्रतिष्ठानको हित विपरित कुनै काम नगरेको र नगर्ने दावी समेत गरेका छन्।

यस्तै खरिद शाखामा पूर्व कर्मचारी सागर ताम्राकार अनि एकेडेमीका असोक साह ल्याउने तयारी एको बिषय गलत भएको भन्दै उनले भने– यसअघि आरोपित बनेकालाई कुनैपनि हालतमा खरिद शाखामा ल्याइदैन।

प्रतिष्ठानको बेथिति अनि भ्रष्टाचार बिषयमा उपकुलपनि डा.गिरीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved